भूकम्पको धक्का भारतमा पनि महसुस

२०८१ फाल्गुन १६, शुक्रबार

 काठमाडौँ : शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का भारतमा पनि महसुस भएको छ। भूकम्पको झट्का भारतका पटना र बिहार आसपासका क्षेत्रमा महसुस भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यसैगरी, भूकम्पको धक्का पश्चिम बंगालको उत्तरी क्षेत्रमा पनि महसुस गरिएको समाचारमा उल्लेख छ । सिलगढीमा पनि धेरै मानिसहरूले भूकम्पको धक्का महसुस गरेको बताएका छन् ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५२ मिनेटमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार