सांसद अमरेशकुमार सिंहको पुत्ला दहन

२०८१ फाल्गुन २५, आईतवार

रौतहट : संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुत्ला दहन गर्दै प्रदर्शन भएको छ।

सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै साहका समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरूले नाराबाजी गर्दै बीपी चौकमा शनिबार पुतला दहन गरेका हुन् । नगरका उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरू, वडा सदस्य, तथा स्थानीयहरूले सांसद सिंहलाई अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग गरेका छन् ।

प्रदर्शनकारीहरूले ब्यानर, प्लेकार्ड बोकेर पुत्ला दहन गर्दै सिंहले अविलम्ब माफी नमागेमा उनीविरुद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार