दोस्रो तारिख बुझ्न रवि लामिछाने आज कास्की जाने

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जाने भएका छन् ।

उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ । कास्कीबाट उनी सिधै रुपन्देही जानेछन् । भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् । काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् ।

पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार