काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट चार्टर जहाजमार्फत आएका पूर्वराजा काठमाडौं अवतरण गरेका हुन् ।
पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले काठमाडौंका लागि बिदाइ गरेका थिए। समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं आएका हुन् ।
काठमाडौंमा उनको स्वागतको लागि समर्थकको ठूलो भीड लागेको छ। समर्थकले शाहलाई निर्मल निवास पुर्याउनेछन्।





