विमानस्थलबाट चिनियाँसहित दुई पक्राउ

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ र एक नेपाली अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी २२ वर्षीय चिनियाँ मी वेनहाओ र काठमाडौं महानगरपालिका–१० घर भएका ३२ वर्षीय सनिमराज ढकाल  पक्राउ परेका हुन्।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट युएई जान लागेका चिनियाँलाई १० लाख ४२ हजार जापानिज यन र ५८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका सनिम राजलाई ७ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो। उनीहरूले सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार