काठमाडौं : वुमन्स डे कप–२०२५ मा नेपाल युगाण्डासँग पराजित भएको छ । युगाण्डाको एन्टेबे क्रिकेट मैदानमा नेपालले खेलेको आफ्नो पाँचौं खेलमा युगाण्डासँग ४० रनले पराजित भएको हो ।
९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो । नेपालका लागि कविता जशीले १२ र इन्दु बर्माले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार व्यहोरेको थियो ।
यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो ।





