सत्ताको नालायकीले सडकमा पपुलिस्ट र अराजकतावादी बढ्दै गए: एकीकृत समाजवादी

२०८१ चैत्र १, शुक्रबार

काठमाडौँ : नेकपा(एकीकृत समाजवादी)ले पार्टीले गर्न लागेको आन्दोलन मिसन ०८४ को लागि नभएको दाबी गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यो आन्दोलन पार्टी वा सत्ता ओगट्न नभइ जनताको ठाउँ ओगट्न भएको दाबी गरेको हो ।

आन्दोलनका संयोजक तथा महासचिव घनश्याम भुसालले समय र प्रकृतिको हिसाबले यस आन्दोलन फरक हुने जिकिर गरे । उनले सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडक पपुलिस्टको कब्जामा गएकाले देश सङ्कटतर्फ फसेको बताए ।

‘समय र प्रकृतिको हिसाबले यो आन्दोलन अलग हुँदैछ । अन्य पार्टी मिसन ०८४ को तयारीमा छन् । हामी त्यसको तयारी मात्र होइन । आइरहने र गइरहने तर मुलुकलाई ठोस उपलब्धि नहुने त्यस्ता ८४ आइरहन्छन्’, उनले भने– ‘हामीले गर्ने आन्दोलन लामो हुनेछ । पार्टी र सत्ताको ठाउँ खोज्न आन्दोलन भएका छन् । तर जनताको ठाउँ खोज्ने हिसाबले यो आन्दोलन फरक आन्दोलन भएको हामीले भनेका छौँ । सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडकमा पपुलिस्ट बढ्दै गएको छ ।’

‘सुशासन र रोजगारी समाजवादको तयारी’ को नारा दिएर आन्दोलनमा जान लागेको भुसालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार