आइजिपीसहित नौ उच्च प्रहरी अधिकारीले सोमबारदेखि एकैपटक अवकाश पाउँदै

२०८१ चैत्र १, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरलगायत नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन्।

प्रहरी महानिरीक्षक कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्। एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले अवकाश पाउन लागेका हुन्।

त्यस्तै, डिआइजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि ४ चैतदेखि अवकाश पाउँदै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार