मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०८१ चैत्र २, शनिबार

काठमाडौं : मोटरसाइकल दुर्घटनामा नुवाकोटको दाङसिङमा युवकको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका-१ दाङसिंङका ३२ वर्षीय चतुरमान तामाङको शुक्रबार बेलुकी भएको दुर्घटनामा मृत्यु गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

विदुर नगरपालिका-६ सिँचाइ पुलनजिकै आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो। तामाङले चलाएको बा४६प ८२५३ नम्बरको मोटरसाइकल बट्टारबाट दाङसिङतर्फ गइरहेकोमा त्रिशूली नदी किनारामा रहेको सिँचाइको पुलनजिकै विद्युतको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिशूली अस्पताल नुवाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले बताए। उनका अनुसार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार