मोहना नदीमा डुबेर २ किशोरको मृत्यु

२०८१ चैत्र २, शनिबार

धनगढी : धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो ।

उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् । घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार