संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्न उचित होइन : पन्त

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : नेकपा एमाले सांसद रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् । विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे ।

राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए । आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए ।

त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए । जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरूलाई सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए । उनले अहिलेको अवस्थामा मन्त्रीहरू फेर्ने अवस्था आएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार