प्रतिगामीहरू लोकतन्त्रको अपहरण गर्ने तानाबाना बुनिरहेका छन् : श्रेष्ठ

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगामीहरूले लोकतन्त्रको अपहरण गर्ने तानाबाना बुनिरहेको बताएका छन्। आइतबार (आज) पार्टीको धनकुटा नगर कमिटीको दोस्रो नगर अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रतिगामीहरूले विभिन्न रूपमा हर्कतहरू बढाइरहेका छन्। लोकतन्त्रको अपहरण गर्ने तानाबाना बुनिरहेका छन्,’ उनले भने, ‘यसलाई असफल पार्नु हाम्रो कार्यभार हो।’

वर्तमान व्यवस्था माओवादी केन्द्रको नेतृत्वमा नै आएको उल्लेख गर्दै श्रेष्ठले यो व्यवस्थाको रक्षा गर्ने जिम्मा अझ बढी माओवादीहरूले नै गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार