काठमाडौं : नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ।आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।
नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो।
आतंककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ । सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएकोे छ । मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समुहहरू वर्षौदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो ।





