ट्याक्टरसँग स्कुटर ठोक्किदा एक जनाको मृत्यु

२०८१ चैत्र १०, आईतवार

धनगढी : कञ्चनपुरमा ट्याक्टरसँग स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटर पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटर पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो ।

तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार