भक्तपुरको पिकनिक स्थलमा पुरुषको शव फेला

२०८१ चैत्र १०, आईतवार

काठमाडौँ : भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्।

बिहान ५ः५५ बजे खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेका अनुसार उनले कवाडीको सामान टिप्ने काम गर्ने खुलेको छ। उनको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार