काठमाडौं : चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा आइतबार माइक्रोबस दुर्घटना भएको छ ।
दुर्घटनामा परेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी अपिल बोहराले बताए । मृत्यु हुनेमा करिब २६ वर्षीया सविना गुरुङ छिन् । चितवनबाट काठमाडौं आएको ग.१ ख ५५४६ नम्बरको माइक्रोबस रोकेको ठाउँमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको एसपी बोहराले जानकारी दिए ।
दुर्घटनामा परेर ९ जना घाइते भएका छन् । माइक्रो चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घर भएका ३० वर्षीय राजेश घले गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।





