गोरखाका १३३ जनामा क्षयरोग सङ्क्रमण

२०८१ चैत्र ११, सोमबार

काठमाडौँ : गोरखामा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा १३३ जनामा क्षयरोग पहिचान भएको छ। जिल्लाका एघारै पालिकामा यो सङ्ख्या फेला परेको हो।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले ७८ पुरुष र ५५ महिलामा क्षयरोग पुष्टि भएको बताए। बारपाक सुलिकोट गाउँपालिकामा सबैभन्दा बढी २६, भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ र पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग देखिएको छ।

यस्तै, आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा २ जनामा क्षयरोग पाइएको खड्काले बताए। गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार