विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक १ घण्टाका लागि स्थगित

२०८१ चैत्र १४, बिहीबार

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले बिहीबार पनि सदनमा अवरोध जारी राखेका छन् । अवरोधका कारण बिहीबार राष्ट्रियसभाको बैठक रोकिएको हो ।

बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष नारायण दाहालले आग्रह गर्दा पनि उनीहरू बस्न मानेनन् ।

विपक्षीहरूले अवरोध जारी राखेपछि आजको बैठक १ घण्टाका लागि स्थगित गरिएको छ । कुलमान प्रकरणमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारदेखि सदनमा अवरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार