प्रतिनिधि सभा बैठक फेरि स्थगित

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : प्रतिनिधि सभा बैठक सूचना टाँसेर अपराह्न चार बजेसम्मका लागि स्थगित गरिएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिला गरेर बसेको थियो।

बैठकमा विपक्षीहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए।

त्यसपछि १५ मिनेटका लागि स्थगित भएको थियो। १५ मिनेटमा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले बैठक ४ बजेसम्मका लागि स्थगित भएको भन्दै सूचना टाँसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार