काठमाडौँ : राजधानीको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुर्गा प्रसाई निकट देवी संग्रौला रहेका छन् । प्रहरीले उनलाई सोमबार काठमाडौँबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले उनलाई पक्राउ गरेको जानकारी दिँदै यससँगै राज्यविरुद्धको कसुरमा पक्राउ पर्नेको संख्या ११२ पुगेको बताए।





