आगलागीबाट काठमाडौँमा युवतीको मृत्यु

२०८१ चैत्र २०, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकमा आगलागी हुँदा एक युवतीको ज्यान गएको छ।

राजेश चन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङको कोठामा भएको आगलागीबाट ज्यान गएको हो। आगलागी भइरहेको अवस्थामा प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरी टोली, स्थानीयबासी र मुमेनका बुबा ददिराम तामाङ समेतको टोलीले उद्धार गरी उपचारका लागि चाबहिल स्थित ओम अस्पताल लगेका थिए।

उपचारको क्रममा उनको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। आगोलागीको कारण खुलेको छैन। आगो नियन्त्रणमा लिइसकेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार