सरकारले शिक्षकहरूलाई काममा फर्कने वातावरण बनाओस्: शेखर कोइराला

२०८१ चैत्र २४, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरूलाई काममा फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कोइरालाले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर्न र उनीहरुलाई काममा फर्काउने वातावरण बनाउन माग गरेका हुन्।

उनले लेखेका छन्, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार