सुनको मूल्यमा भारी वृद्धि

२०८१ चैत्र २७, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रुपैयाँले बढेर १ लाख  ७५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ कायम भएकोमा आज ५  रुपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँ कायम भएको छ । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ७३ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार