जङ्गल सफारी गरिरहेको जीप दुर्घटना, तीन जना घाइते

२०८२ बैशाख १, सोमबार

चितवन : रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकमा जङ्गल सफारी गरिरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ना४च ३३५५ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार तीन जना घाइते भएका हुन् । खनालका अनुसार जीपमा सवार अन्य सात जना सकुशल रहेका छन् । घाइते तीनै जनाको अजस्था खतरामुक्त रहेको उनले बताए ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार