सफाइ पाएसँगै निलम्बित न्यायाधीश गिरी कारागारबाट छुटे

२०८२ बैशाख १, सोमबार

काठमाडौँ : वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् ।

उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनले उनलाई आइतबार वैवाहिक बलात्कार कसुरमा सफाइ दिएको थियो । न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले उनलाई सफाइ दिएका हुन् ।

यसअघि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले २०८१ जेठमा उनलाइ दाेषी ठहर गरेको थियो । पत्नीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार