काठमाडौं : नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई सम्मान गर्ने भएको छ ।
सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । झापाका हरिचरण सिवाकोटी, कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी र सप्तरीका सत्यनारायण मण्डललाई सम्मानित गर्न लागिएको हो ।
त्यस्तै, जाजारकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त सम्मान गर्न लागिएको छ । उनीहरुलाई ७६ औं पार्टी स्थापना दिवसका अवसरमा आगमी ९ बैशाखमा सम्मानित गरिने नेता प्रदीप ज्ञवालीले जानकारी दिए।





