लमजुङमा बाटो खन्ने क्रममा भेटियो शंकास्पद वस्तु, सेनाले पार्‍यो निष्क्रिय

२०८२ बैशाख ६, शनिबार

काठमाडौँ : लमजुङमा बाटो खन्ने क्रममा गाडिएको अवस्थामा फेला परेको शंकास्पद वस्तु आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ।

प्रहरीका अनुसार लमजुङको बेँसीसहर नगरपालिका-८, स्थित जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर पूर्व जेसीबीले बाटो खन्ने क्रममा गाडिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो।

सो वस्तुलाई आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार