मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

२०८२ बैशाख १४, आईतवार

काठमाडौँ : मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा दिवङ्गत आमाको सम्झनामा लागेको मेलामा भक्तजनको घुइँचो लागेको छ ।

मातातीर्थ कुण्ड परिसरमा औँशीको अघिल्लो साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरी रातभर जाग्राम बस्ने परम्परा रहेको छ ।

मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार