परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ: सिटौला

२०८२ बैशाख १४, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठुला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताए ।

उनले दलहरूबिचको मतभेदका कारण शान्ति प्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे । आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसँग मिलेर शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार