गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ : अमरेश सिंह

२०८२ बैशाख १५, सोमबार

काठमाडौं : प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बेडरुपसम्मै भ्रष्टाचारीको पहुँच रहेको आरोप लगाएका छन् ।

आज प्रतिनिधि सभाको बेठकलाई सम्बोधन गर्दै डा.सिंहले महामन्त्री थापाले सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भइसकेका कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको बचाउ गरिरहेको बताएका हुन् । केही समयअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै विचौलियाहरुको पहुँच रहेको भनी दिएको अभिव्यक्ति स्मरण गराउँदै उनले भने, ‘कांग्रेस महामन्त्रीले दुई /तीन दिनअघि भन्नुभएको थियो– प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच छ ।

आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने । उहाँ (गगन) को बेडरूममा सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको, कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेडरुममा छ । अहिलेसम्म कांग्रेसले उसलाई हटाउन सकेको छैन । किनकी नेपाली कांग्रेसलाई संविधान, नियम र कानुनको पालना गर्न आउँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार