शेखरको आरोप- सरकारले गभर्नर नियुक्ति नगरेर संविधान मिच्यो

२०८२ बैशाख २०, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन्।

प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन्।

उनले पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए।

उनले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ। सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ।’

गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने तर अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिल्ने काम गरेको आरोप लगाए। यो सरकारले सुशासन दिँदै नसकेको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार