काठमाडौं : प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाई नगिज्याउन आग्रह गरेकी छिन्। आफ्नो पुस्तक ‘करूणा’ माथि भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।
‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि, उहाँहरूको नै भविष्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भविष्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन्।





