काठमाडौँ : प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा भएका २ सय ८ जनाको पदस्थापन गरिएको हो ।
सचिनकुमार भदैसवारको इलाका प्रहरी कार्यालय धनगढी सिरहामा पदस्थापन गरिएको छ । चन्द्र बहादुर राउतको इलाका प्रहरी कार्यालय बुधबारे जयपुर झापामा पदस्थापन गरिएको छ ।




















