उत्तर प्रदेशमा प्रहरीको गोली लाग्दा एक नेपाली घाइते

२०८२ बैशाख २३, मंगलवार

काठमाडौँ : भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चलाएको गोली लागेर एक नेपाली युवक घाइते भएका छन् ।

सोमबार राति भएको घटनामा तिलक थापा उर्फ टीलु पहाडी घाइते भएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार, नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्ने क्रममा थापाको खुट्टामा गोली लागेको हो। स्वाट र देवाका प्रहरी टोलीले थापासहित दुई भारतीय नागरिक मो. साजिद अन्सारी र मो. खुर्शीदलाई नियन्त्रणमा लिएको छ ।

घाइते थापाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार