रेशम चौधरी पक्राउमा कुनै पूर्वाग्रह राखेको होइन : गृहमन्त्री लेखक

२०८२ बैशाख २५, बिहीबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे संसद्मा जानकारी गराएका छन् ।

बिहीबार संसद्मा यसबारे जानकारी गराउँदै प्रहरीले कानुनको कार्यान्वयन गर्नेबाहेकको कुनै पूर्वाग्रह नराखेको उनले बताए । लेखकका अनुसार, सो दिन अदालतको पत्र बोकेर सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासमक्ष पुगेका थिए ।

आईजीपी थापालाई परिचय पत्र देखाएपछि सोही अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले कानुन कार्यान्वयनको काम मात्रै गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार