सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै पार्टी एकता हुने बताएकी छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको बताइन् ।

पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौँ बाहिर रहेकाले उनी काठमाडौँ फर्किएपछि दुई पार्टीबिच छलफल गरेर एकताको मिति तय गरिने श्रेष्ठको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गरिन् ।

सदनमा गृहमन्त्रीले नै जवाफ दिइसकेको अवस्थामा वर्तमान सरकारबाट बाहिरिने कुनै सम्भावना नरहेको उनले बताइन् । यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार