टिपर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

२०८२ बैशाख २८, आईतवार

काठमाडौं : काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा बा ४ ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-७ का ४७ वर्षीय लवकुश अधिकारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उकालोमा ब्याक भई अनियन्त्रित हुँदा टिपर करिब एकसय मिटर तल खसेको थियो। दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो।

आइतबार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार