दुई समूहबिच खुडा हानाहान, तीन जना घाइते

२०८२ बैशाख ३०, मंगलवार

नारायणगढ : पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार दिउँसो सो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक प्रदीप महतका अनुसार सो घटनामा चितवन राप्ती नगरपालिका–४ बस्ने वर्ष २८ को दिपेन्द्र सिंह गोले, राप्ती नगरपालिका–२ बस्ने वर्ष २८ को गणेश लामा र खैरेनी नगरपालिका–९ सिमलटाँडी बस्ने वर्ष २७ को अमृत आचार्य घाइते भएका छन् ।तीनै जनाको हातमा चोट लागेको छ भने अहिले उनिहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा तीन–चार जनाको समूहमा रहेकाहरूले उनिहरूमाथि खुडा हानेका हुन् ।

त्यस्तै, घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुर बस्ने वर्ष २९ को मिलन रुम्बा र  वर्ष २९ को विशाल लामालाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

ताजा समाचार