३९ उपसचिवसहित ९३ अधिकृतको सरुवा

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिव र ५४ शाखा अधिकृत सहित एकै पटक ९३ जना अधिकृतको सरुवा, काज तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूहमा रहेका, विभिन्न निकायमा रहेका र काजमा खटाइएका ९३ अधिकृतको सरुवा, काज तथा पदस्थापन गरेको हो । जसमा ६ उपसचिवले नगरपालिका र २ शाखा अधिकृतले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार