सिग्मा कलेजको क्यान्टिनमा आगलागी

२०८२ जेष्ठ ७, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ।

आज बिहान लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ग्यास लिक भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बुधबार बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार न्यौपाने र कमाठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्युरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनबहादुर सुवेदीको कमान्डमा खटिएको सुरक्षा फौज आगलालगी नियन्त्रणमा जुटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार