दुई युवतीबाट सरकारी कर्मचारी परे ‘हनी ट्र्याप’मा

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : एक सरकारी कर्मचारीलाई ‘हनी ट्र्याप’मा पारेर रकम असुली गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भइ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर घर भई हाँडीगाउँ बस्ने ३४ वर्षीया आँचल श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत भेटिएका तामाङ र श्रेष्ष्ठले ती पुरुषलाई होटलमा बोलाएर होसै हराउनेगरि मदिरा सेवन गराई नग्न फोटो तथा भिडियो खिचेर ब्ल्याकमेल गरेका थिए । उक्त फोटो र भिडिओ देखाई घर र जग्गाजमिन नदिए बलात्कारको मुद्दा हाल्नेसम्मको धम्की दिएका रहेछन् ।

त्यसपछि पीडित पुरूषले बुधबार आँचललाई सुरूमा पाँच लाख दिने र बाँकी पछि दिने सहमति समेत गरेका थिए । सोही चेकका आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार