कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं : आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए।

रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा. राजीव झा भने थुनामै छन्। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार