अछाममा विषालु च्याउ खाँदा तीन जना बिरामी

२०८२ जेष्ठ १९, सोमबार

अछाम : अछाममा विषालु च्याउ खाँदा तीन जना बालबालिका बिरामी भएका छन् । रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका तारा भण्डारीका २ वर्षीय छोरा युवराज भण्डारी, ४ वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँ बस्ने चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाँदा बिरामी भएका छन् ।

तीनै जना बालबालिकाको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार