चिडियाखानाको रेडपान्डा चोर्न खोज्ने २ जना पक्राउ

२०८२ जेष्ठ १९, सोमबार

ललितपुर : जावलाखेल रहेको चिडियाखानाको एक मात्र रेडपान्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए। पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौको स्वयम्भू क्षेत्र बस्ने २१ वर्षीय कृष्ण गुरूङ र भारत घर भई स्वयम्भू बस्ने २६ वर्षीय मोहमद तफिक छन्। यो घटनामा संलग्न अझै दुई जना फरार छन्।

उनीहरूले वैशाख ३० गते राति १० बजेतिर रेडपान्डा चोरी गर्ने प्रयास गरेका थिए। चोरी गर्न असफल भएपछि गुरूङ र तफिक सहित चारै जना आफूले बोकेको झोला, जुत्ता पनि छाडेर भागेका थिए। यो खबरपछि परिसरबाट एसएसपी श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा खटिएको थियो।

सिसिटिभी फुटेजबाट प्रहरीले सुरूमा ती व्यक्तिहरूको पहिचान खुलाएको थियो। अनुसन्धानबाट पक्राउ परेका तफिक र अर्का भारतीय नागरिक स्वयम्भू क्षेत्रमा चराचुरूंगी बेचबिखनको व्यवसाय गर्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार