काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।





