आइतबार सार्वजनिक बिदा

२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौं : मुस्लिम समुदायको दोस्रो प्रमुख चाड ईद-उल-अज्हा (बकर ईद) को अवसरमा कपिलवस्तुका चार पालिकाले आइतबार स्थानीय बिदा घोषणा गरेका छन्।

महाराजगञ्ज नगरपालिका, शुद्धोदन, मायादेवी र यशोधरा गाउँपालिकाले सूचना जारी गर्दै बकर ईदका लागि आइतबार बिदा दिने जनाएका छन्। बकर ईद शनिबार परेको छ। यी पालिकाले बकरिदको अवसरमा आइतबार बिदा दिने सूचना प्रकाशित गरेका हुन्।

महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दीन मुसलमान र यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले बिदाको सूचनामा हस्ताक्षर गरेका छन्।

कपिलवस्तुमा मुस्लिम जनसंख्या उल्लेख्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार