काठमाडौँ : नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा भ्रातृ संगठनको अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक डाकिएको थियो।






