भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न मिल्दैन : श्याम घिमिरे

२०८२ असार ५, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन्।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्।  भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए।

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे। घिमिरेले सदनमा देखिएको समस्या केही दिनमा समाधान हुने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार