लिबर्टी माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

२०८२ असार ७, शनिबार

काठमाडौं : लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।

सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सोही अवधिका वित्तीय विवरणसहित अनुसूचीहरुउपर छलफल गरी पारित गरेको छ ।

सभाले चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार