काठमाडौं : ललितपुरमा दुई समूहबीच झडप (ग्याङ फाइट) हुँदा दुई जना घाइते भएका छन्।
आइतबार दिउँसो ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिकै झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए। धारिलो हतियार प्रहारबाट महोत्तरी घर भई ललितपुर–३ धोबिघाट बस्ने ३० वर्षीय रञ्जीत मगर र कैलाली घर भई विष्णुदेवी मन्दिर नजिकै बस्ने २६ वर्षीय खगेन्द्र बयक घाइते भएका छन्।
उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ। घाइते दुवै जना फरक फरक समूहका भएको प्रहरीको भनाइ छ। प्रहरीले दुवै समूहका एक एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ।





